नियम ६२
खरिद योजना तयार गर्नु पर्ने
(१) एक वर्ष भन्दा बढी अवधिसम्म सञ्चालन हुने
योजना वा आयोजनाको लागि गरिने खरिदको हकमा वा वार्षिक दशकरोड रुपैया“
भन्दा बढी रकमको खरिद गर्नु पर्ने भएमा सम्बन्धित निकायले त्यस्तो योजना वा
आयोजना वा खरिदको अवधिभरको लागि खरिदको गुरु योजना तयार गर्नु पर्नेछ ।
यसरी खरिद योजना तयार गर्दा कुनै योजनाको सम्पूर्ण भाग तथा खण्ड खण्ड गरी
कुन काम उपभोक्ता समितिबाट र कुन काम अन्य प्रक्रियाबाट गराउने हो सो समेत
छुट्याई सम्बन्धित निकायबाट निर्णय गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको खरिदको गुरु योजनामा अन्य कुराको अतिरिक्त
देहायका कुराहरु उल्लेख गर्नु पर्नेछ ः—
(क) खरिदको प्रकार, परिमाण र अनुमानित मूल्य,
(ख) खरिद विधि,
(ग) अधिकतम प्रतिस्पर्धाको लागि खरिदलाई टुक्र्याईने वा प्याकेज बनाइने
भए सो सम्बन्धी व्यवस्था,
(घ) समग्र खरिद कारबाही पूरा गर्नको लागि गरिने सम्झौताहरुको
मोटामोटी संख्या र त्यस्तो खरिद कारबाहीलाई प्रभावित पार्न सक्ने
मुख्य मुख्य काम,
(ङ) खरिदको लागि पूर्वयोग्यताको कारबाही गर्नु पर्ने भए सो सम्बन्धी कुरा,
(च) खरिद कारबाहीको मोटामोटी समय तालिका,
(छ) सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिदको गुरु योजनामा समावेश
गर्नु पर्ने भनी निर्धारण गरेका कुरा ।
(३) यस नियम बमोजिम तयार भएको खरिदको गुरु योजना सम्बन्धित स्थानीय
निकायबाट स्वीकृत भएको हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम स्वीकृत भएको खरिदको गुरु योजना प्रत्येक आर्थिक
वर्षमा अद्यावधिक गर्नु पर्नेछ ।
(५) वार्षिक दशलाख रुपैया“ भन्दा बढी रकमको खरिद गर्नु पर्ने भएमा आगामी
आर्थिक वर्षको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा वार्षिक खरिद
योजना तयार गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको वार्षिक खरिद योजना तयार गर्दा स्वीकृत भएको
खरिदको गुरु योजना भए त्यस्तो खरिदको गुरु योजनाको आधारमा तयार गर्नु पर्नेछ र
त्यस्तो योजनामा आगामी आर्थिक वर्षभरि गर्ने प्रत्येक खरिद सम्बन्धी देहायका कुराहरु
उल्लेख गर्नु पर्नेछ ः—
(क) खरिद गरिने मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवाको
विवरण,
(ख) खरिदको सम्भावित प्याकेज,
(ग) खरिद कारबाहीको समय तालिका,
(घ) खरिद विधि,
(ङ) सम्झौताको किसिम,
(च) सार्वजनिक खरिद अनुगमन कार्यालयले समय समयमा जारी गरेको
निर्देशन अनुसारका कुराहरु ।
(७) उपनियम (६) को खण्ड (ग) बमोजिमको समय तालिकामा देहायको काम
गर्ने समयावधि उल्लेख हुनु पर्नेछ ः–
(क) मालसामान खरिद हुनेमा स्पेसिफिकेशन तयार गर्ने,
(ख) खरिदको लागत अनुमान तयार गर्ने,
(ग) सिलबन्दी दरभाउपत्र फाराम, पूर्वयोग्यताको प्रस्ताव वा बोलपत्र
आब्हान गर्ने वा परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार
गर्ने,
(घ) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र आव्हान वा
परामर्श सेवाको प्रस्ताव माग गर्न सूचना प्रकाशन गर्ने,
(ङ) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श
सेवाको प्रस्ताव मूल्यांड्ढन गर्ने,
(च) सिलबन्दी दरभाउपत्र, पूर्वयोग्यताको प्रस्ताव बोलपत्र वा परामर्श
सेवाको प्रस्ताव स्वीकृति गर्ने,
(छ) सम्झौता गर्ने,
(ज) कार्य आरम्भ गर्ने,
(झ) कार्य पूरा गर्ने ।
(८) उपनियम (५) बमोजिम तयार भएको वार्षिक खरिद योजना सार्वजनिक गरी
एकप्रति सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।
(९) चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम तथा बजेट प्राप्त भएपछि उपनियम (
५) बमोजिम तयार भएको वार्षिक खरिद योजनामा स्वीकृत कार्यक्रम तथा बजेट
अनुरुप परिमार्जन पश्चात् सम्बन्धित निकायले स्वीकृत गरी त्यस्तो योजनाको एक
प्रति सम्बन्धित अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(१०) खरिद योजना तयार गर्नु अघि सम्बन्धित निकायले आफ्नो मातहतका
महाशाखा, शाखा वा विषयगत शाखाबाट खरिद गर्नु पर्ने मालसामान र कार्यको
विवरण माग गर्न सक्नेछ ।